बाराका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुससहित पक्राउ
प्रकाशित मिति: सोमबार, साउन ०५, २०७७ | १५:५०:४५
काठमाडौं,५ असार ।
बाराका जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुससहित पक्राउ परेका छन् ।
नदी तटबन्धको लागि जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सव(इन्जिनियर जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
घुस रकम लिएर आफूसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोइरालाले बताए ।
प्रकाशित मिति : सोमबार, साउन ०५, २०७७ |
१५:५०:४५
5699


















