अपेक्षा गिरिको माइतिको देश २ बजारमा
चितवन,१४ साउन
‘घाम लाएनी मुसलधारे पानी परेनी, माइती देश जानी बाटो पहिरो झरेनी यसपालि म पनि माइत जानी हो’भन्दै यस पटकको तीजमा गायिका अपेक्षा गिरी बजारमा आएकी छिन।
गायिका गिरीलाइ यसपालीको तीजमा माइती देशमा जान साह्रै रंग भएको गीतमा प्रस्तुत गरेकी छिन।
भाइ लिन आउछु भन्दा पनि पोहोर माइत जान नपाएको पीडा त छदै छ झन त्यसै माथी बुढी आमाको झल्कोले पिरोलेको छ।
विगत पाँच बर्ष देखि गायन छेत्रमा लाग्नु भएकी पछिल्लो समय एकपछि अर्को उत्कृष्ट गितहरु बजारमा प्रस्तुत गर्दै आइरहेकी मोफसलमा बसेर चर्चा कमाउन सफल हालकि चर्चित गायिका अपेक्षा गिरीले यस पटक पनि तिजमा अर्को उत्कृष्ट गीत दर्शक तथा स्रोताका माझ गीत पस्केकी छन् ।
चर्चित सर्जक जिबि सुनारको लय,शब्दमा पोहोर साल ‘माइती देश’ तीजको गीत बजारमा ल्याएर चर्चा कमाउन सफल भएकी गायिका गिरीले गत बर्ष सुनिल गिरी संगको सहकार्यमा ‘सोल्टिनी’गीत बजारमा ल्याएर चर्चा कमाउन सफल भएकी थिइन।
चर्चित गायक तथा सर्जक जिबि सुनारको लय, शब्द तथा आवाजमा गायिका गिरीको आवाजमा तयार भएको गीत निकै उत्कृष्ट तथा मार्मिक शब्दामा बनेको छ । हालै मात्रै सार्बजनिक गरिएको माइती देश-२ गीतलाई छोटो समयमा धेरै स्रोता दर्शकले रुचाइ सकेका छन। गीतलाइ जिबि सुनारले निर्देशन गरेका छन।

























