नायिका पूजा शर्माले दिइन् संचारकर्मी सुवेदीबिरुद्ध उजुरी
काठमाडौं,२५ साउन ।
नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीबिरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् ।उनले नेपाल चलचित्र कलाकार संघमा पत्रकार सुवेदीले आफूविरुद्ध अपमानजनक र अभद्र टिप्पणी गरेको भन्दै उजुरी दिएकी हुन्।उनले यसअघि सञ्चारकर्मी सुवेदीसंगको एक टेलिभिजन अन्तर्वाताका कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी थिईन् ।
नायिका शर्माले यसअघिको बिषय आफूले बिर्सिसकेको बताउँदै आफूलाई पटकपटक सञ्चारकर्मी सुवेदीले टेलिभिजनबाटै होच्याउने खालका शब्द प्रयोग गरेकाले आफू उजुरी दिन बाध्य भएको बताईन् ।
केहि समय अगाडी सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम ‘रजतपट अंकलमा’ अन्तरवार्ताका क्रममा साेधिएका केहि प्रश्नहरुको जवाफ दिन नसक्दा नायिका पूजा विवादित बनेकी थिइन् । त्यहि विषयलाई लिएर प्रकाशले अप्रत्यक्ष रुपमा भनेका छन् – ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको अन्तरवार्ता काटिदिनु पर्ने ? मिलाई-मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’
प्रकाशकाे उक्त अभिव्यक्तिपछि धेरै कलाकारहरुले उनकाे विराेध गरिरहेका छन् ।

























