गायक नरेश खाती क्षेत्रीको ‘मेरो बाबा भगवान’ सार्वजनिक
प्रकाशित मिति: बिहिबार, साउन २९, २०७७ | ९:१८:२८
काठमाडौं । गायक तथा संगीतकार नरेश खाती क्षेत्रीको ‘मेरो बाबा भगवान’ बोलको गीत सार्वजनिक भएको छ । एलिना चौहानको स्वरमा रहेको गीतमा खाती आफैले संगीत भरेका छन् । गीतका पछिल्ला अंशमा खाती स्वयंमको पनि स्वर छ ।
गीतमा हरेक सन्तानको जीवनमा बाबाको भगवान भूमिकाको वर्णन गरिएको छ । मनछुने लयमा गाइएका शब्द शब्द बाबामा समर्पित छन् । आफूलाई जन्माउने बाबा आमाका बारेमा नेपालमा धेरै गीत बनेपनि यो पृथक सुनिन्छ ।
बिशाल निरौलाले एरेन्ज गरेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
प्रकाशित मिति : बिहिबार, साउन २९, २०७७ |
९:१८:२८
4863

























