राष्ट्रिय झण्डा जलाएको भिडियो भाइरल , कारबाही गर्न माग
प्रकाशित मिति: मंगलबार, भाद्र ०२, २०७७ | १३:३२:२९
चितवन , २ भदौं।
नेपाली राष्ट्रिय झण्डा जलाएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । देशद्रोही नामको र्याप गितमा नेपालको राष्ट्रिय झण्डा जलाउनुको साथै जातिय सद्भावमा खलल पुर्याउने शब्दहरु रहेको छ । गितमा बाहुन क्षेत्रीलाई गाली गरिएको छ ।
आपत्ती जनक शब्दहरु र राष्ट्रिय झण्डा जलाएको बिषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक विरोध तथा उनीहरुमाथी कारबाहीको माग गरिएको छ । युट्युवमा अपलोड भएको भिडियो २० घण्टामा १ लाख ५ हजारले हेरेका छन् । भिडियोमा ४२ हजारभन्दा बढीले डिस्लाइक गरेका छन् भने जम्मा ८ सयजनाले लाइक गरेको र अन्यले प्रतिक्रिया जनाएका छैनन् ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०२, २०७७ |
१३:३२:२९
5391


















