क्यानको अधिवेशन अनिश्चितकालका लागि स्थगित
प्रकाशित मिति: मंगलबार, भाद्र ०९, २०७७ | १३:३९:३८
काठमाडौं,९ भदौ
नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले साधारणसभा भदौ मध्यतिर गर्ने भनेको थियो ।
तर, कोरोना भाइरस ९कोभिड १९० संक्रमण बढ्न थालेपछि स्थगित भएको हो ।
क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारणसभा हुन नसक्ने भन्दै अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगत गरेको जनाएको छ ।
यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ गतेभित्रमा साधारणसभा गर्ने निर्णय गरेको थियो ।
यस्तै, यसअघि नै अखिल नेपाल फुटबल संघ(एन्फा)ले पनि भदौमै गर्ने भनेको साभारणसभा स्थगित गरेको थियो ।

प्रकाशित मिति : मंगलबार, भाद्र ०९, २०७७ |
१३:३९:३८
6645






















