आमाले बिष खुवाउँदा ८ महिने शिशुको ज्यान गयो
महेन्द्रनगर,१२ भदौ ।
आमा जहाँ शब्द नै काफी हुन्छ । आफ्नो सन्तानका लागि जे गर्न पनि तत्पर रहन्छिन तर कञ्चनपुरमा भने आफ्नै सहोदर आमाले आफ्नै कोखबाट जन्मिएको सन्तानलाइ बिष खुवाएर आफुले पनि बिष सेवन गर्दा नाबालक शिशुको ज्यान गएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको ज्यान लिएको छ । स्थानिय २४ वर्षीया निर्मला रानाले आफुसंगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विष सेवन गराएपछि उपचारका क्रममा शुक्रबार बिहान शिशुको मृत्युु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।
नाबालक शिशुलाई र आफुले बिष सेवन गर्दा घाइते बनेकी निर्मलाको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए । घटना किन र के कारणले भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















