ब्ल्याक प्यान्थर चलचित्रका अभिनेता बोसम्यानको क्यान्सरका कारण निधन
प्रकाशित मिति: शनिबार, भाद्र १३, २०७७ | १२:१८:५२
काठमाडौं,१३ भदौ
हलिउड अभिनेता चाडविक बोसम्यानको ४३ वर्षको उमेरमा निधन भएको छ।
ब्ल्याक प्यान्थर चलचित्रबाट ठूलो ख्याति कमाएका बोसम्यानको निधन क्यान्सरका कारण भएको बीबीसीले जनाएको छ।
चारवर्ष अगाडिदेखि उनी कोलोना क्यान्सर ‘आन्द्रासँग सम्बन्धित रोग’ बाट पीडित थिए। बोसम्यानको लस एन्जल्सस्थित निवासमा निधन भएको हो।
बोसम्यानले अभिनय गरेका ज्याकि रोबिनसन र गेट अन अप चलचित्र पनि निकै सफल थिए। उक्त चलचित्रहरु क्रमशः चर्चित बेसबल खेलाडी ज्याकी रोबिनसन र चर्चित गायक जेम्स ब्राउनसँग आधारित थिए।
प्रकाशित मिति : शनिबार, भाद्र १३, २०७७ |
१२:१८:५२
4379

























