रौतहटका पुजारी शाहको हत्या आरोपमा २ जना पक्राउ
प्रकाशित मिति: सोमबार, भाद्र १५, २०७७ | १७:४६:३७
काठमाडौं, १५ भदौ
रौतहटको पुजारीको हत्या अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल छन्। उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा बिहारबाट पक्राउ गरी रौतहट ल्याइएको हो। माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको भदौ ३ गते राति हत्या भएको थियो। खाना खान लागेका पुजारीको गोली हानी हत्या भएको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा पुजारीको हत्या धार्मिक कारण नभएको देखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र १५, २०७७ |
१७:४६:३७
4313


















