एक वर्षदेखि व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै असुली गर्ने पाँच जना पक्राउ
प्रकाशित मिति: बुधबार, भाद्र १७, २०७७ | १५:३५:२४
माेरङ ,१७ भदौ
व्यवसायीलाई धम्क्याउँदै एक वर्षदेखि रकमअसुल गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सङ्गठित रुपमा अपराधिक समूह बनाएर व्यापारीहरुलाई हतियार देखाइ पैसा माग्ने, पैसा नदिए ज्यानै लिने धम्की दिइ रकम असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगरलाई आपराधिक थलो बनाइ चोरी र लुटपाट गर्ने समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा कटहरी गाउँपालिका २ आदर्श टोलका एलेक्स भनिने रविन शर्माको घरबाट पेस्तोल र तीन थान गोलीसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, भाद्र १७, २०७७ |
१५:३५:२४
4621


















