अनामनगरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ
प्रकाशित मिति: शुक्रबार, भाद्र १९, २०७७ | १३:०६:०९
काठमाडौं,१९ भदौ ।
अनामनगरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय बिकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९, २०७७ |
१३:०६:०९
5149


















