क्रिकेटर सन्दीपद्वारा ललितपुर घटनाप्रति सामाजिक संजालमार्फत दु:ख ब्यक्त
प्रकाशित मिति: शुक्रबार, भाद्र १९, २०७७ | १३:१९:१९
काठमाडौँ, १९ भदौ
हाल क्यारेबियन प्रिमियर लिग (सिपीएल ) खेल्न वेस्ट इन्डिजमा रहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले बिहिबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको घटनालाई लिएर सामाजिक संजालमार्फत दु:ख ब्यक्त गरेका छन
उनले शुक्रबार बिहान आफ्नो ट्विटरमा उनले घटनालाई अविश्वसनीय बताएका छन् । जुन नहुनु पर्ने थियो । उनले उक्त ट्विटमा उल्लेख गरेका छन् ।
निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
झडप भए पछि प्रहरीले बाध्य भएर भिडलाई हटाउन अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो ।
त्यसपछि स्थानिय केही युवाहरु अझ आक्रमक शैलीमा प्रस्तुत हुँदा दिनभरी त्यस क्षेत्र तनावग्रस्त बनेको थियो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९, २०७७ |
१३:१९:१९
4577






















