जर्वजस्ती करणीको आरोपमा गौशाला वृतका प्रहरी जवान पक्राउ
प्रकाशित मिति: सोमबार, भाद्र २२, २०७७ | १५:३१:१२
काठमाडौं,२२ भदौ
महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान जर्वजस्ती करणीको अरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
वृत्तका डिएसपी जितेन्द्र भण्डारीले आइतबार भएको उक्त घटनापछि पीडित महिलाले उजुरी दिएको जानकारी दिए । डिएसपी भण्डारीले घटनाको विषयमा अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, भाद्र २२, २०७७ |
१५:३१:१२
4401


















