सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्ती पक्राउ
प्रकाशित मिति: मंगलबार, भाद्र २३, २०७७ | १६:५२:१६
एजेन्सी,२३ भदौ
दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले मंगलबार पक्राउ गरेको हो ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा अभिनेत्री चक्रवर्तीलाई पक्राउ गरिएको छ । उनीमाथि सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३, २०७७ |
१६:५२:१६
5281

























