खानेपानी संस्थानका सहायक प्रशासक घुससहित पक्राउ
प्रकाशित मिति: बिहिबार, भाद्र २५, २०७७ | १४:३४:५४
काठमाडौं,२५ भदौ
घुस लिएको आरोपमा खानेपानी संस्थानका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयको टोलीले खानेपानी संस्थानका सहायक प्रशासकलाई बिहीबार २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। संस्थानको विन्ध्यवासिनी इकाई कार्यालयका कृष्णहरि वाग्ले घुस लिँदालिँदै पोखरा १ बगरको एक रेस्टुरेन्टबाट पक्राउ परेका हुन् ।
ग्राहकको खानेपानीको मिटर बिग्रेको र अस्वाभाविक महसुल उठेपछि त्यसलाई मिलाउने गरी प्रशासन सहायक तहका कर्मचारी वाग्लेले सेवाग्राहीसँग घुस लिएको अख्तियार स्रोतले जनाएको छ । वाग्ले करारका कर्मचारी हुन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र २५, २०७७ |
१४:३४:५४
5567


















