३७ किलो चरेससहित दुई महिला पक्राउ
प्रकाशित मिति: बुधबार, आश्विन ०७, २०७७ | १६:०४:५१
कपिलवस्तु,७ असोज ।
कपिलवस्तुको कृष्णनगरबाट ठूलो परिमाणको चरेससहित दुई जना महिला पक्राउ परेका छन् । कपिलवस्तुको शान्ती पुनस्थापना केन्द्र अगाडीबाट ३७ किलो चरेससहित दुई जना महिला पक्राउ परेका हुन इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा भारत तर्फ जादै गरेकाहरूलाई निगरानी गर्ने क्रममा उनिहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउपालिका वडा नं। ०९ बस्ने बर्ष ४० की शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गा।वि।स।वडा ५ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका ५ बानियाभर बस्ने बर्ष ३५ की बसन्ती घर्तीलाई रहेका छन् । उनिहरु संग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन ०७, २०७७ |
१६:०४:५१
5281


















