प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण
प्रकाशित मिति: मंगलबार, आश्विन १३, २०७७ | ११:२८:२४
काठमाडौँ, १३ असोज
प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बस्नेछन् ।
नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् । प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन १३, २०७७ |
११:२८:२४
4423






















