अवैध मदिरासहित ट्रक चालक र सहचालक पक्राउ
प्रकाशित मिति: सोमबार, आश्विन १९, २०७७ | १२:५२:३९
वाग्मती, १९ असोज
एक हजार लिटर अवैध घरेलु मदिरासहित ना६ख ५४०४ नं ट्रकका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा आज बुझाएको छ ।
हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको उक्त ट्रकलाई बाराको जितपुर सिमरामा नियमित सवारी जाँचका क्रममा शङ्का लागि जाँच गर्दा सो मदिरा फेला परेको थियो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ट्रक चालक ३७ वर्षीय भीमसेन पुलामी तथा हेटौँडा–१४ बस्ने सहचालक ३३ वर्षीय लक्ष्मण वल रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन १९, २०७७ |
१२:५२:३९
4555


















