बुटवलका प्रमुख अनुसन्धान अधिकृत रानाविरुद्ध घुस लिएको अभियोगमा मुद्दा
प्रकाशित मिति: आइतबार, आश्विन २५, २०७७ | १७:५४:३७
काठमाडौंँ, २५ असोज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई रु दुई लाख घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।
आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति : आइतबार, आश्विन २५, २०७७ |
१७:५४:३७
3939


















