वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य दम्पति कोरोना संक्रमण मुक्त
काठमाडौं,६ कार्तिक ।
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्। हरिवंश आचार्यले आफूहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै सबैलाई धन्यवाद दिएका हुन्। गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुबैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।
https://www.facebook.com/hari.bamsha.acharya/posts/10158760434758695
कोरोना संक्रमण पुष्टि हुनु आचार्य फिल्म ‘हुतुतु’को युनिटसँग स्क्रिप्ट तथा वरिष्ठ कलाकार मदकृष्णसँग एक प्रोजेटको सुटिङमा व्यस्त थिए । उनीलाई कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा मदकृष्णलगायत धेरैले कोरोना परिक्षण गराएका थिए । सबैको रिपोट नेगेटिभ आएको थियो ।


















