महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवक पक्राउ
प्रकाशित मिति: बुधबार, कार्तिक १२, २०७७ | १६:५१:३४
जलेश्वर,१२ कार्तिक ।
सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको ठूलोपात गाउँपालिका ९ का असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिकाका मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताए ।
दुवैजना भारत बिहारको भिठ्ठामोड सहरबाट प्लास्टिकको कालो झोलामा १५ सय पिस प्रतिबन्धित लागुऔषध नाइट्राभेट बोकेर नेपाल प्रवेश गरेपछि जलेश्वर नगरपालिका ३ मा सशस्त्र प्रहरीले जाँच गर्दा दुवैजना पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । (रासस
प्रकाशित मिति : बुधबार, कार्तिक १२, २०७७ |
१६:५१:३४
3697



















