लागूऔषध अफिम सहित दुइ जना पक्राउ
प्रकाशित मिति: शनिबार, कार्तिक २२, २०७७ | ११:४७:५०
जाजरकोट, २२ कात्तिक
लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२, २०७७ |
११:४७:५०
4203


















