फेसबुकमा फेक एकाउन्ट बनाई अश्लिल फोटो पठाउने व्यक्ति पक्राउ
प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०७७ | १३:५३:२६
चितवन,२७ कात्तिक ।
फेसबुकमा फेक एकाउन्ट बनाई नाबालिकाहरुलाई अश्लिल सन्देश तथा फोटोहरु पठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ दरबार मार्गकी एक नाबालिकालाई यौनजन्य अश्लिल सन्देश पठाउने र बालिकाहरुको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गरेको कसुरमा प्रहरीको साइबर व्युरोको टोलिले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–४ बस्ने बर्ष २० को अखिल नेपालीलाई पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतको अनुमतीमा नेपालीलाई प्रहरीले काठमाडौँ–२७ बाट पक्राउ गरेको साइबर व्यरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । विद्युतिय कारोबार ऐन २०६३ को कसुर अनुसार नेपालीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०७७ |
१३:५३:२६
5193


















