भारतीय क्रिकेटर पार्थिव पटेलले लिए संन्यास
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७ | १४:२२:५९
काठमाडौं, २४ मंसिर।
भारतीय क्रिकेटर पार्थिव पटेलले सबै क्रिकेटका खेलबाट सन्यास लिएका छन् ।
३५ वर्षका यी विकेट किपर तथा ब्याट्सम्यानले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् ।
उनले २५ टेस्ट, ३८ वन डे र २ टी २० म्याच खेलेका छन् । उनले आफ्नो अन्तिम टेस्ट जनवरी २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए ।
— parthiv patel (@parthiv9) December 9, 2020
प्रकाशित मिति : बुधबार, मंसिर २४, २०७७ |
१४:२२:५९
4775























