आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ
प्रकाशित मिति: बिहिबार, माघ ०८, २०७७ | १३:२९:४०
रूपन्देही,८ माघ ।
आफ्नै ११ वर्षीया छोरीलाई जबर्जस्ती करण गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । सो अभियोगमा बुटबल उपमहानगरपालिका–११ मजुवाका ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई गत बिहीबार राति जबर्जस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ०८, २०७७ |
१३:२९:४०
3917


















