टुट्यो वर्षा शिवाकोटी र सविनको प्रेमको डोरी
काठमाडौं,१८ माघ ।
अभिनेत्री वर्षा सिवाकोटी १७ महिनादेखि सविन जंग थापासँग प्रेममा थिइन् । गत वर्षको दशैंबाट वर्षा र सविनबीच प्रेम अंकुराएकोतर, अहिले यी दुईबीचको प्रेम सम्बन्ध टुटेको खबर सार्वजनिक भएको छ ।
प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रेकअप भएको हो । सविनले आफ्नो इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन् । वर्षासँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अप्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन् । यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन् ।
सविनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं । तर, तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’ उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् । सविन अमेरिकामा बस्ने गरेका छन् ।
गत वर्षको दशैंबाट वर्षा र सविनबीच प्रेम अंकुराएको थियो । यस वर्षको दशैं मनाएर वर्षा सविनलाई भेट्न पुनः अमेरिका पुगेकी थिइन् । यसपटक भने उनले सामाजिक सञ्जालको माध्यमबाट खुलेरै प्रेम सम्बन्ध व्यक्त गरिन् । यति मात्र होइन, उनले अबको दुई वर्षभित्र विवाह गर्ने तयारी भएको समेत मिडियालाई जानकारी दिएकी थिइन् । तर, अब उनीहरुको प्रेममा विश्राम लागेको छ । सलोन र करिष्माको मायाको डोरी


















