खोइ त रोजगारी सार्वजनिक
चितवन,२८ माघ ।
चितवनका चर्चित गायक कृष्ण अधिकारीको शब्द, संगीत र स्वरमा सजिएको “हामीलाई हाम्रो देशमा खोइ त रोजगारी” सार्वजनिक भएको छ । बेरोजगारीको समस्याले युवाहरु बिदेशिनु पर्ने बाध्यतालाई गीतमा उजागर गरिएको छ । गीतको शब्दमा बेरोजगारी युवाहरुले पाएको शास्तीलाई जोड दिइएको छ भने भिडियोमा पनि त्यहि विषयवस्तुलाई कलात्मक तवरबाट प्रस्तुत गरिएको छ । गीतमा रामु आचार्यको सम्पादन तथा निर्देशन रहेको छ भने इमान बस्नेतको छायांकन त्यस्तै मदन अच्छामीको सह छायांकन साथै अर्जुन महतोको ड्रोन अपरेटिङ्ग रहेको छ । दिवस थापाले एरेन्ज गरेको गीतका रेकर्डिस्ट एल बि पुन हुन् ।
गीत पुन डिजिटल स्टुडियो पोखरामा रेकर्डिङ्ग गरिएको गायक कृष्ण अधिकारीले जानकारी दिए । रामु आचार्य, एलिना बर्देवा,टिकाराम लामिछाने, ज्योति तामाङ्ग लागाएतको गीतमा अभिनय देख्न सकिन्छ । गीतको भिडियो ह्याप्पी मिडियाको आधिकारीक यु-ट्युब च्यानलमा राखिएको छ ।


















