६ वर्षीया बालिका करणीको आरोपमा ५२ वर्षीय कुमाल पक्राउ
प्रकाशित मिति: सोमबार, फाल्गुण ०३, २०७७ | १६:३७:३७
स्याङ्जा,३ फागुन ।
एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका(२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।
बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो । ९रासस०
प्रकाशित मिति : सोमबार, फाल्गुण ०३, २०७७ |
१६:३७:३७
4313


















