भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक
प्रकाशित मिति: बुधबार, फाल्गुण ०५, २०७७ | १५:१५:४६
काठमाडौं,५ फागुन ।
बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनीक गरेको छ । बुधबार प्रहरीले सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा दिनेश पक्राउ गरिएको जानकारी दिएको हो । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०५, २०७७ |
१५:१५:४६
4445


















