सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुई जना घुससहित पक्राउ
प्रकाशित मिति: बिहिबार, फाल्गुण १३, २०७७ | १४:१४:५५
बुटवल, १३ फागुन ।
घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा-३ लोन्डिहवास्थित सशस्त्र प्रहरी कार्यालयका प्रमुखसमेत रहेका प्रहरी निरीक्षक दधिराम पौडेल र प्रहरी नायब निरीक्षक राजेश पासी छन्।
फर्निचर उद्योग सञ्चालनका लागि सजिलो गराइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १३, २०७७ |
१४:१४:५५
4005


















