१२ किलो गाँजासहित एक जना पक्राउ
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १४, २०७७ | १४:०३:०३
म्याग्दी,१४ फागुन।
म्याग्दी जिल्लामा १२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
मालिका गाउँपालिका रुमको भिरखर्कका होमबहादुर पुनलाई १२ किलो गाँजासहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पुन बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १४, २०७७ |
१४:०३:०३
3983


















