‘जोमसोमै बजार’का गीतकार थकालीको निधन
प्रकाशित मिति: आइतबार, फाल्गुण १६, २०७७ | १३:२४:५२
काठमाडौं,१६ फागुन ।
गीतकार विश्व थकालीको हृदयघातका कारण निधन भएको छ । ५२ वर्षीय थकालीको शनिवार अमेरिकामा निधन भएको हो । ‘नेपथ्य’ व्याण्डको ‘जोमसोमै बजार’ लगायतका चर्चित गीतको सिर्जना गरेका उनको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो । उनी श्रीमती र दुई छोरासँगै अमेरिकामा बस्दै आएका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १६, २०७७ |
१३:२४:५२
4489


















