बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने थापा पक्राउ
प्रकाशित मिति: सोमबार, फाल्गुण १७, २०७७ | १२:२६:४७
कास्की,१७ फागुन ।
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका ६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।
ईन्द्र उपर बालबालिका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १७, २०७७ |
१२:२६:४७
3983


















