६ वर्ष पछि पक्राउ परे बहुविवाह मुद्दाका फरार अधिकारी
प्रकाशित मिति: मंगलबार, फाल्गुण १८, २०७७ | १२:५१:३६
काठमाडौं ,१८ फागुन ।
बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका १० बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अधिकारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १८, २०७७ |
१२:५१:३६
4577


















