कसरी चल्यो ट्वीटरमा ‘अजय देवगण कायर हो’ को ट्रेन्ड ?(भिडियोसहित)
काठमाडाैं,१९ फागुन ।
भारतमा लामो समयदेखि तीन नयाँ कृषि कानूनविरुद्ध किसानहरूको आन्दोलन जारी छ। बलिउडका कतिपय कलाकारले यस विषयमा खुलेर आफ्नाे विचार दिएका छन् भने कतिपयले केही बोल्न सकेका छैनन्।
बलिउडका कलाकारले यो बिषयमा साथ नदिएको भन्दै उनीहरु आक्रोशित छन्। मंगलबार बिहान लगभग साढे १० बजे एउटा भिडियो सामाजिक संजालमा भाइरल भयो। भिडियोमा थिए नायक अजय देवगण।
उनी फिल्मको शूटिङका लागि फिल्मसिटी गइरहेका थिए। फिल्मसिटीको गेटमा पुग्नै लाग्दा उनको कार रोकेर २८ वर्षका राजदिप सिंह नाम गरेका एक युवकले यस विषयमा किन मौन बसेको भन्दै प्रश्न गरे।
उनले सोधेका थिए, ‘किसानहरूले आन्दोलन गरेको १०० दिनभन्दा बढी भइसकेको छ। उनीहरूको समर्थनमा किन एउटा पनि ट्वीट नगरेको?’
राजदिपले अजयलाई कृषकहरुको आन्दोलनमा किन साथ नदिएको भन्दै लाज मान्न भनेका छन्। तर युवकको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन्।
This is sheer injustice by @DGPMaharashtra
The person in the video, Rajdeep Singh Dhaliwal, has only expressed his displeasure against @ajaydevgn stand against Farmers. Is that an offence? A crime? How could Police even file a case against him U/S 341, 504,506 IPC (FIR No 119) pic.twitter.com/GmBqT0goq0— Manjinder Singh Sirsa (@mssirsa) March 2, 2021


















