मालपोत कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ
प्रकाशित मिति: बिहिबार, चैत्र ०५, २०७७ | १८:२७:३२
महेन्द्रनगर ,५ चैत।
मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।
अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले सेवाग्राहीबाट कित्ताकाट गरेवापत २४ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको बताए ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०५, २०७७ |
१८:२७:३२
3873


















