आजदेखि प्रसारण हुदैँ ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’
प्रकाशित मिति: शुक्रबार, चैत्र ०६, २०७७ | १३:३८:२२
काठमाडौं ,६ चैत।
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ।
शोका निर्णायक प्रमोद खरेलले फेसबुकमार्फत ‘द भ्वाइस अफ नेपाल ३’ आजबाट प्रसारण हुन लागेको कुरा जानकारी दिएका हुन्।
शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ रहेका छन्। यसअघि कोच रहेकी आस्था राउतको ठाउँमा गुरुङको इन्ट्री भएको हो।
‘द भ्वाइस अफ नेपाल ३’ हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०६, २०७७ |
१३:३८:२२
3873





















