कंगना रनावतको फिल्म थलैवीको ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं,१० चैत ।
बलिउडकी निर्भीक अभिनेत्री कंगना रनावतको ताजा फिल्म थलैवीको ट्रेलर मंगलवार सार्वजनिक भएको छ ।
ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
यसमा कंगनाले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको जीवनकथा देखाएकी छन् ।
कंगनाको ३४औं जन्मदिनको अवसरमा आज ट्रेलर सार्वजनिक गरिएको हो । यसको टीजर फेब्रुअरी महिनामा आएको थियो ।
एएल विजयले निर्देशन गरेको फिल्ममा अरविन्द स्वामी, प्रकाश राज, जिस्सु सेनगुप्ता, भाग्यश्री लगायतको पनि अभिनय छ ।
ट्रेलरमा जयललितालाई पुरुषहरूले हेपेको देखाइन्छ । राजनीतिमा प्रवेश गर्नुअघि जयललिता अभिनेत्री भएकाले मानिसले उनीमाथि शंका गरेका थिए ।
ट्रेलरमा रोमान्टिक दृश्य र हास्यविनोदका क्षणहरू पनि छन् ।
जयललिताले चुनावी अभियान चलाएको र राज्यभरि समर्थन प्राप्त गरेको दृश्य पनि अटाएको छ । सन् १९८४ मा संसदमा गरेको पहिलो दमदार भाषण पनि देखाइएको छ ।
जयललिताको रोलका लागि कंगनाले २० किलो तौल बढाएकी थिइन् ।





















