झापामा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने २ जना पक्राउ
प्रकाशित मिति: बुधबार, चैत्र ११, २०७७ | १६:२४:१८
काठमाडौं,११ चैत ।
झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका-९ बस्ने २३ वर्षीय रविन विक रहेका छन् ।
शिवसताक्षी नगरपालिका-७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतवार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी रेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ११, २०७७ |
१६:२४:१८
4973


















