कपनमा २ लाख बराबरको धनमाल चोरी
प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७ | १४:३७:०२
काठमाडौं,१३ चैत ।
काठमाडौंको कपनमा विभिन्न धनमाल चोरी भएको छ ।
काठमाडौं महानगरपालिका-६ कपन सरस्वतिनगर डेरा गरी बस्ने २८ वर्षीया सबिता यादवको कोठाबाट सुन तथा चाँदीका विभिन्न गहना तथा नगदसमेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीवार दिउँसो चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७ |
१४:३७:०२
5347


















