वीरगञ्जबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ
प्रकाशित मिति: बिहिबार, बैशाख ०२, २०७८ | १३:३२:५२
पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भोलाको साथबाट प्रहरीले डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र सोही परिमाणको नुर्फिन बरामद गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०२, २०७८ |
१३:३२:५२
4093


















