राप्तीमा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु
प्रकाशित मिति: बुधबार, बैशाख ०८, २०७८ | ११:१७:४९
चितवन , ८ बैशाख।
चितवनमा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरेमा मंगलबार बेलुका बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा ३ च २१८७ नम्बरको बोलेरोको ठक्करबाट ७२ बर्षिय मेनुका ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएकी ओलीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक सुवास भट्टले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, बैशाख ०८, २०७८ |
११:१७:४९
4423
















