लागुऔषधसहित दुई जना पक्राउ
प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८ | १२:१९:४७
काठमाडौं,१५ वैशाख ।
मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारे बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी–४ आइतबारे बस्ने २१ वर्षीय सागर तामाङ र सोही स्थान बस्ने १७ वर्षीय दिपेश राजवंशी छन् ।
प्रहरीले उनीहरुको साथबाट ट्रामोल १० पत्ता (१०० चक्की) र डिकोलिन १० पत्ता (१०० चक्की) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।
प्रहरीले पक्राउ पर्नेहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७८ |
१२:१९:४७
4071


















