बाबुले हँसिया प्रहार गरी गरे छोराको हत्या
प्रकाशित मिति: बिहिबार, जेठ १३, २०७८ | १४:४६:३१
बाँके, १३ जेठ ।
बाँकेमा बाबुको हसियाँ प्रहारबाट छोराको हत्या भएको छ ।
कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी ७० वर्षीय ठाकुर प्रसाद वलीले २० वर्षीय छोरा पोषण वलीलाई हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
घरेलु वादविवादका कारण बाबुले छोरामाथि हँसिया प्रहार गर्दा छोरा गम्भीर घाइते भएको सूचना थाहा पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टाेलीले उपचारका लागि भेरी अस्पताल पुर्याएकाे थियो । उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
ठाकुर प्रसाद वलीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाको बारेमा छानबिन भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ १३, २०७८ |
१४:४६:३१
4995


















