जङ्गलमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ | १८:४०:०२
नवलपुर, १६ जेठ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जङ्गलमा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार जिल्लाको हुप्सेकोट गाँउपालिका–२ को गुहेरी जङ्गलमा एक थान भरुवा बन्दुक फेला परेको हो ।
आज बिहान ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । जङ्गलमा लुकाई छिपाई राखेको अवस्थामा गस्ती टोलीले एक नाले भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको गिरीले बताउनुभयो । बेवारिसे अवस्थामा फेला परेको बन्दुकबारे थप अनुसन्धान अगाडि बढाइएको गिरीको भनाइ छ ।
प्रकाशित मिति : आइतबार, जेठ १६, २०७८ |
१८:४०:०२
4643


















