टार्जन अभिनेता जो लारा र उनकी पत्नीको विमान दुर्घटनामा मृत्यु
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८ | १२:१०:२१
एजेन्सी,१७ जेठ ।
चर्चित अमेरिकी अभिनेता जो लारा र उनकी पत्नीसहित अन्य ५ जना सवार निजी जेट विमान दुर्घटना भएको छ ।
स्थानीय समय अनुसार बिहान ११ बजेतिर टेनेसी एयरपोर्टबाट फ्लोरिडाको पाम बीचतर्फ जान लाग्दा दुर्घटना भएको थियो ।
विमानले टेक अफ गरेपछि तालमा डुबेको थियो । दुर्घटनापछि उद्धारकर्मीहरू घटनास्थलमा पठाइएको थियो । रातभरको उद्धार अभियानमा लागेका टोलीका अनुसार दुर्घटनामा यात्री जीवित फेला परेनन् ।
जो लारा प्रसिद्ध साहसिक फिल्म टार्जन द एपिक एडभेन्चरका मुख्य अभिनेता थिए ।
प्रकाशित मिति : सोमबार, जेठ १७, २०७८ |
१२:१०:२१
3741


















