श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ | १३:२१:०२
काठमाडौं,३० जेठ ।
रौतहटमा श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबीच घरायसी झै–झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गरेको खुलेको छ । घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
प्रकाशित मिति : आइतबार, जेठ ३०, २०७८ |
१३:२१:०२
4137


















