श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु
प्रकाशित मिति: बिहिबार, आषाढ ०३, २०७८ | १७:४७:०९
दाङ, ३ असार ।
दाङको घोराहीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीको बञ्चरो प्रहारबाट घाइते ४६ वर्षीया स्याना कुमारी चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो।
बुधबार बेलुका पौने ६ बजेतिर बञ्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए।घाइते स्याना कुमारीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा बिहीबार दिउँसो १:४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
सामान्य घरायसी विवादका कारण श्रीमानले श्रीमतीलाई बञ्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी रिजालले जानकारी दिए।
प्रकाशित मिति : बिहिबार, आषाढ ०३, २०७८ |
१७:४७:०९
4181


















