भारतमा थपिए ५० हजार कोरोना संक्रमित
प्रकाशित मिति: आइतबार, आषाढ १३, २०७८ | १२:०५:१८
काठमाडौं,१३ असार ।
भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोभिड १९ संक्रमण देखिएको छ। ५७ हजार ९४४ जना भने कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हाल भारतभर ५ लाख ८६ हजार ४०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप १ हजार २५८ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३ लाख ९५ हजार ७५१ जनाको मृत्यु भइसकेको छ।
COVID19 | India reports 50,040 new cases in last 24 hours; active cases decline to 5,86,403. The country's rate recovery rate rises to 96.75% pic.twitter.com/C7EgtRRZz8
— ANI (@ANI) June 27, 2021
प्रकाशित मिति : आइतबार, आषाढ १३, २०७८ |
१२:०५:१८
3829


















