निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ | १३:४९:२०
काठमाडौं, २६ मंसिर | नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ । सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
प्रकाशित मिति : सोमबार, मंसिर २६, २०७९ |
१३:४९:२०
2597